डोल्पा । अविरल वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा डोल्पामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडाका करिब ३३ वर्षीय मनरुप के.सी.को घटनामा मृत्यु भएको हो। सोही ठाउँका करिब ३८ वर्षीय चन्द्ररुप के.सी. घाइते भएका छन्।
उनीहरू बगर हरेलखोलास्थित त्रिपालले बनाइएको अस्थायी गोठमा सुतिरहेका बेला असोज ९ गते राति करिब ९ः४५ बजे गोठमाथिको भिरबाट ढुंगा खसेको थियो। ढुंगाले लाग्दा मनरुपको टाउको र छातीमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लिकुतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा चन्द्ररुपको ढाडमा चोट लागेको छ।
घटनाको जानकारी प्राप्त भएपछि पहाडास्थित मसिनेचाैर विमानस्थलका अस्थायी सुरक्षा पाेष्टबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जना तथा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको कमाण्डमा सात जनाको टोली घटनास्थल तर्फ गएकाे जिप्रकाले जनाएको छ ।
डोल्पामा ढुंगा खस्दा एकको मृत्यु,एक घाइते
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १० आश्विन २०८३, शनिबार ११:३२