ताजा समाचार
शिक्षा सुधार प्रयास

जाजरकोटका दुई स्थानीय तहका विद्यालयमा अब सातामा एक दिन मात्रै बिदा

विष्णुप्रसाद देवकोटा
जाजरकोट —जाजरकोटका दुई स्थानीय तहले सामुदायिक विद्यालयमा लागू हुँदै आएको साताको दुई दिन सार्वजनिक बिदा हटाउँदै अब शनिबार मात्रै बिदा दिने निर्णय गरेका छन्।

जुनीचाँदे गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा अब सातामा एक दिन मात्रै बिदा हुने सूचना जारी गरेको छ। ०८३ बैशाख २० गते बसेकाे नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेकाे हाे ।

गाउँपालिकाले हालसम्म लागू रहेको शनिबार र आइतबारको दुई दिने बिदा हटाउँदै शनिबार मात्रै सार्वजनिक बिदा हुने जनाएको हो।प्रमुख प्रशासकीय अधिकृत रेशम महताराद्वारा हस्ताक्षरित जारि सुचनामा उल्लेख छ।

त्यसै गरि छेडागाड नगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयलाई सम्बोधन गर्दै जारी गरेको पत्रमार्फत आगामी दिनदेखि शनिबार मात्रै सार्वजनिक बिदा हुने जनाएको छ।

नगर कार्यपालिकाको २०८३ वैशाख २३ गतेको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको पत्रमा उल्लेख छ। पत्र प्रमुख प्रशासकीय अधिकृत शशि कुमार लम्सालको हस्ताक्षरमा जारी गरिएको छ।
स्थानीय तहहरूले विद्यालय सञ्चालनलाई नियमित र प्रभावकारी बनाउन यस्ताे निर्णय गरिएको बताएका छन्।

तपाईको प्रतिक्रिया