ताजा समाचार

डोल्पामा लागूऔषधसहित एक युवक पक्राउ, अनुसन्धान जारी

डाेल्पा, जेठ २१ — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट बगर बजार क्षेत्रबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गाेप्य सूचनाको आधारमा त्रिपुराकोट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले त्रिपुरासुन्दरी नगरपालिका–४, रङ्ग निवासी अन्दाजी २१ वर्षीय पुनप्रसाद बुढालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको साथबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ६० ग्राम २७ मिलिग्राम बरामद गरेको जनाएको छ।
पक्राउ परेका बुढामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यसका लागि जिल्ला अदालत डोल्पाबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीले लागूऔषध नियन्त्रण तथा ओसारपसार रोकथामका लागि जिल्लाभर निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको समेत जनाएको छ।

तपाईको प्रतिक्रिया