ताजा समाचार

डोल्पामा पार्टी फेरबदलको लहर :त्रिपुरासुन्दरी–२ का नेकपाका दुई युवा एमाले प्रवेश

हिमाली जिल्ला डोल्पा जिल्लामा चुनावी माहोल तातिँदै जाँदा पार्टी प्रवेश र परित्यागको क्रम बढ्दै गएको छ। यसै क्रममा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ का प्रेम बुढा र लालचन्द्र बुढा नेकपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज बदमी बोहोरा र जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार लंक बहादुर रोकायाले खादा लगाएर स्वागत गरेका हुन्। कार्यक्रम चुनावी घरदैलो अभियानकै क्रममा  भएको पाटीले जनाएको  छ।

चुनाव नजिकिँदै जाँदा एक दलबाट अर्को दलमा प्रवेश गर्ने लहर देखिए पनि डोल्पामा यस्ता गतिविधिलाई स्थायी राजनीतिक संकेतका रूपमा भने खासै अर्थपूर्ण मानिँदैन। विगतमा पनि पार्टी प्रवेश र बहिर्गमन दोहोरिने प्रवृत्तिका कारण अन्तिम परिणाम कसको पक्षमा माहोल बन्छ भन्ने आँकलन गर्न कठिन हुने गरेको छ।

चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा पार्टी फेरबदलको यो शृङ्खला अझै जारी रहने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया