विष्णुप्रसाद देवकोटा
डोल्पा ।डोल्पा प्रहरीले जिल्लाका विभिन्न सार्वजनिक स्थानमा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फँडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार २०८३ साउन १९ गते इलाका प्रहरी कार्यालय काईगाउँ, करवगार्ड, छार्का तथा अस्थायी प्रहरी पोस्ट हुरीकोटबाट खटिएका प्रहरी टोलीले संयुक्त रूपमा गाँजा फँडानी अभियान अन्तर्गत करिब पाँच रोपनी क्षेत्रफलमा उम्रिएका गाजाका बाेट नष्ट गरेकाे हाे ।
अभियानअन्तर्गत जगदुल्ला गाउँपालिका–१ हुरीकोटका सार्वजनिक स्थानमा करिब एक रोपनी, त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङमा करिब दुई रोपनी तथा काइके गाउँपालिका–५ खानी लगायतका सार्वजनिक स्थानमा करिब दुई रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले लागूऔषध उत्पादन तथा दुरुपयोग नियन्त्रण अभियानलाई निरन्तरता दिँदै जिल्लाभर यस्ता अवैध बोटबिरुवा फँडानी गर्ने कार्यलाई आगामी दिनमा समेत प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ।
डोल्पामा प्रहरीद्वारा पाँच रोपनी क्षेत्रमा लगाइएको गाँजाका बोट नष्ट
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २० श्रावण २०८३, बुधबार ०८:३२