ताजा समाचार

डाेल्पा दुनैमा हेल्मेट नलगाई मोटरसाइकल चलाउने ७ जना कारबाहीमा

डोल्पा, असार ६ । जिल्ला प्रहरी कार्यालय डोल्पाले ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल चालकमाथि निगरानी बढाएको छ। हेल्मेट नलगाई मोटरसाइकल चलाउने ७ जनालाई कारबाही गर्दै जरिवाना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुनै डोल्पा क्षेत्रमा गरिएको ट्राफिक अनुगमनका क्रममा हेल्मेट प्रयोग नगरी सवारी चलाइरहेका ७ जना चालकलाई ट्राफिक नियमअनुसार जरिवाना गरिएको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाले हेल्मेट नलगाउनु साहस नभई लापरवाही भएको भन्दै सबै सवारी चालकलाई अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न आग्रह गरेको छ। साथै ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित यात्रा गर्नसमेत अनुरोध गरेको छ।
प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा सवारी चालकको सुरक्षाका लागि नियमित रूपमा ट्राफिक सचेतना र अनुगमन अभियान सञ्चालन गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया