औषधि व्यवस्था विभागले कर्णालीका १० जिल्लाका एक सय ३२ औषधि पसलको दर्ता खारेज गरेकाे छ ।यसरी दर्ता खारेजी हुने आैषधी पसलहरुमा डाेल्पा सदरमुकाम दुनैमा रहेका जाेत्सन मेडिकल हल राजाचाेक,मनिसा मेडिकल हल,अथाेस्मा मेडिकल हल र मष्टादेव भेट सेन्टर रहेका छन ।
विभागले डाेल्पाका चार वटा मेडिकल सहित देशभरका पाँच हजार ३०२ वटा औषधि पसलहरूको दर्ता रद्ध गर्दा कर्णालीका १३२ दर्ता खारेज गरेको छ ।
औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्थाअनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको औषधि व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार दर्ता खारेज हुनेमा दैलेखका १९, सल्यानका १८, जाजरकोटका १२, जुम्लाका १२, कालिकोटका सात, सुर्खेतका ४८, मुगुका ६, डोल्पाका ४, हुम्लाका ३ र रुकुमपश्चिमका ३ वटा औषधि पसल रहेका छन् ।

डोल्पा न्यूज । ३ असार २०८३, बुधबार १५:०९