ताजा समाचार

कांग्रेस छाडेर एमालेमा फर्किए थापा परिवार,डाेल्पा मुड्केचुलामा राजनीतिक तरंग

विष्णुप्रसाद देवकोटा
डोल्पा । नेपाली कांग्रेसमा आबद्ध रहँदै आएका मुड्केचुला गाउँपालिकाका प्रभावशाली स्थानीय नेता तथा सफल व्यवसायी भक्तबहादुर थापा र कली थापा नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
राजनीतिक यात्राका क्रममा केही समय नेपाली कांग्रेसमा रहे पनि थापा दम्पती पुनः आफ्नो पुरानो राजनीतिक घर नेकपा (एमाले) मा फर्किएका हुन्।
उनीहरूलाई नेकपा (एमाले) डोल्पाका जिल्ला अध्यक्ष लंकबहादुर रोकाया र जिल्ला इन्चार्ज बदमी क्वारी बोहरा बुढाले अबिर, टीका र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।
मुड्केचुला गाउँपालिकामा बलियो स्थानीय राजनीतिक प्रभाव राख्ने थापा परिवार सफल व्यवसायीका रूपमा समेत परिचित छ। स्थानीय तहमा उनीहरूको राजनीतिक तथा सामाजिक प्रभावलाई अर्थपूर्ण रूपमा हेरिँदै आएको छ।
पार्टी प्रवेशका क्रममा एमाले नेतृत्वले थापा परिवारको पुनरागमनले संगठनलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। थापा परिवारको प्रवेशसँगै मुड्केचुलामा एमालेको राजनीतिक आधार थप बलियो हुने अपेक्षा गरिएको छ।
केही समयको राजनीतिक दूरीपछि मूलघरमा फर्किएको थापा परिवारको पुनरागमनलाई एमालेले संगठन विस्तार र स्थानीय राजनीतिक समीकरणका दृष्टिले महत्वपूर्ण रूपमा लिएको छ।

तपाईको प्रतिक्रिया