डाेल्पाकाे सदरमुकाम दुनैस्थित एक घरबाट जुवा (पारा/कौडा) खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन ।उनिहरुलाई रंगेहात नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।
बिहीबार अपराह्न ३:०४ बजे सदरमुकामस्थित स्थानीय पञ्च बुढाको घरको माथिल्लो तलाको कोठामा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।
सूचना अधिकारी प्रहरी निरीक्षक रावलका अनुसार प्रहरीले घटनास्थलबाट नगद रु ४९ हजार ८ सय, पारा २ थान, कौडा ४६ थान तथा ७ थान मोबाइल बरामद गरेको छ ।
पक्राउ पर्नेहरूमा ठुलीभेरी नगरपालिका -०३ का ५१ वर्षीय पञ्च बुढा, त्रिपुरासुन्दरी नगरपालिका-०७ का ३३ वर्षीय सागर श्रेष्ठ, ठुलीभेरी नगरपालिका-०५ का ३८ वर्षीय ओमबहादुर रोकाया, काइके गाउँपालिका-०५ घर भई हाल ठुलीभेरी नगरपालिका-०३ बस्ने ५० वर्षीय हिराबहादुर रोकाया, ठुलीभेरी-०४ का ५३ वर्षीय इन्द्रबहादुर रोकाया तथा काइके गाउँपालिका-०२ का ४० वर्षीय अंगतकुमार रानामगर रहेका छन्।
उनीहरूलाई कानुन बमोजिम नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
डाेल्पामा जुवा खालबाट काे काे परे रंगेहात पक्राउ
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २८ जेष्ठ २०८३, बिहीबार २१:११