
डोल्पा।श्रीकृष्ण जन्माष्टमी पर्वको पावन अवसरमा डोल्पामा विश्व हिन्दु परिषद् नेपाल जिल्ला कार्यसमिति गठन गरिएको छ।
नवगठित जिल्ला कार्यसमितिको अध्यक्षमा टिकादत्त न्यौपाने, उपाध्यक्षमा देवीकृष्ण उपाध्याय, सचिवमा विष्णुप्रसाद देवकोटा, कोषाध्यक्षमा गोमादेवी उपाध्याय र सदस्यमा कमल बुढा चयन भएका छन।विश्व हिन्दु परिषद तुल्सिपुर दाङका अध्यक्ष डिल्लीराज रेग्मीकाे उपस्थितिमा गठन गरिएकाे हिन्दु परिषद जिल्ला कार्यसमितिका
सल्लाहकारमा लक्ष्मीकान्त उपाध्याय, टंकप्रसाद उपाध्याय, तुलबहादुर बिष्ट र बद्मी कुमारी बोहरा चयन भएका छन।
महिला उपाध्यक्षसहित कार्यसमितिका थप सदस्यहरू भने पछि चयन गरिने अध्यक्ष न्याैपानेले बताए ।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञकाे अवसरमा महायज्ञका प्रखर बाचक युवा पण्डित गुरु ईश्वर रेग्मी लक्ष्मीकान्त उपाध्याय सहितका परिषद सल्लाहाकारहरुकाे उपस्थितिमा नवगठित हिन्दु परिषद नेपाल डाेल्पा जिल्ला कार्य समितिकाे नामावली सार्वजनिक षरिएकाे थियाे ।

डोल्पा न्यूज । २२ भाद्र २०८३, सोमबार १३:३२