विष्णुप्रसाद देवकोटा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ छिप्रेदहमा सुख्खा पहिरो खस्दा भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
आइतबार बिहान सडकखण्डमा सुख्खा पहिरो खसेपछि डोल्पा–जाजरकोट जोड्ने भेरी करिडोरमा यातायात ठप्प भएको छ।
सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय करवगार्डबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले सडक खुलाउन सम्बन्धित निकायसँग आवश्यक पहल तथा समन्वय गरिरहेको खदाङस्थित इलाका प्रहरी कार्यालय करवगार्डका इन्चार्ज सई पाण्डब सिहले बताए ।
पहिरोका कारण सडक खुल्न केही समय लाग्न सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन र सडक खुला नभएसम्म यात्रा नगर्न प्रहरीले अनुरोध समेत गरेको छ।
डाेल्पास्थित छिप्रेदहमा सुख्खा पहिरो खस्दा भेरी करिडोर अवरुद्ध
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २१ भाद्र २०८३, आईतवार १०:५६