ताजा समाचार

एमाले डोल्पामा जिम्मेवारी हेरफेर : उपाध्यक्षमा नरबहादुर बुढा 

विष्णुप्रसाद देवकोटा
डोल्पा । नेकपा एमाले डोल्पाको १०औँ पूर्ण बैठकले जिल्ला कमिटीका रिक्त पदमा नयाँ जिम्मेवारी बाँडफाँट गर्दै संगठनलाई पूर्णता दिएको छ।
त्रिपुरासुन्दरी नगरपालिकामा सम्पन्न बैठकले ठूलीभेरी नगरपालिका–४ का नरबहादुर बुढालाई जिल्ला कमिटी उपाध्यक्षमा चयन गरेको छ। यस्तै लक्ष्मीचन्द्र कार्कीलाई प्रदेश कमिटी सदस्य तथा रुपाचन्द्रा डाँगी र कालीबहादुर बुढालाई जिल्ला कमिटी उपसचिवको जिम्मेवारी दिइएको छ।
बैठकले जिल्ला कमिटीमा २२ जना सदस्य मनोनित गरेको छ। मनोनित सदस्यमा बाले बोहोरा, कर्ण कार्की, टेकबहादुर केसी, लोकेन्द्र शाही, प्रेमबहादुर शाही, सूर्यबहादुर ठकुल्ला, सन्तराम रोकाया रहेका छन ।

यसैगरी धनराम बुढाथोकी, कर्णलाल बोहोरा, जयबहादुर कठायत, हिरा बुढा, कर्णवीर रोकाया, कालीप्रसाद कार्की, भक्तिचन्द्र रोकाया, चन्द्र बुढा, प्रेम शाहिला, खड्कबहादुर भण्डारी, कमल कुमारी बुढा  बलबहादुर बुढा नेत्र बुढा भिमबहादुर बाेहाेरा र वीरबहादुर रोकाया रहेका छन्।
यसैबीच, जिल्ला कमिटी उपाध्यक्ष, प्रदेश कमिटी सदस्य तथा उपसचिवमा चयन भएका लक्ष्मीचन्द्र कार्की, रुपाचन्द्रा डाँगी र कालीबहादुर बुढासहित सचिवालय सदस्य टोपबहादुर चन्द र मनोनित सदस्यहरूलाई दुनैस्थित होटल मरमरमा आयोजित कार्यक्रममा राईका अविर तथा टीका लगाएर बधाई तथा शुभकामना दिइएको पार्टीले जनाएकाे छ ।
नेकपा एमाले डोल्पाका अध्यक्ष लंकबहादुर रोकायाले अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका उपाध्यक्ष, उपसचिवलगायतका पदाधिकारी अन्य पार्टीमा प्रवेश गरेपछि रिक्त रहेका पदमा सर्वसम्मत रूपमा नयाँ जिम्मेवारी बाँडफाँट गरिएको जानकारी दिए।
उनले संगठनलाई थप सुदृढ र गतिशील बनाउँदै पार्टीको राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले जिम्मेवारी हेरफेर गरिएको बताए।

पार्टीको मिशन जागरण अभियान अन्तर्गत उपल्लाे डाेल्पाका  शे फाेक्सुण्डाे,डाेल्पाेबुद्द छार्काताङसाेङ र काइके सहित त्रिपुरासुन्दरीकाे लागि जिल्ला इन्चार्ज बदमी क्वारी बुढा र ठुलिभेरि मुड्केचुला र जगदुल्ला गाउँपालिकाे लागि जिल्ला अध्यक्ष लंकबहादुर राेकायालाई जिम्मेवारी ताेकेकाे छ ।

तपाईको प्रतिक्रिया