ताजा समाचार

महायज्ञमा नगद सहयोग गर्ने पनेरु र कुलाल सम्मानित

विष्णुप्रसाद देवकोटा
डोल्पा । श्री बाला त्रिपुरा सुन्दरी भगवती मन्दिरमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०८३ मा नगद सहयोग गर्ने दुई जना दाता सम्मानित भएका छन्।
महायज्ञका लागि नगद सहयोग गरेका अमरगढी नगरपालिका, डडेलधुरा घर भई हाल त्रिपुरासुन्दरी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थानेश्वर पनेरु र त्रिपुरासुन्दरी नगरपालिका–१ गल्ली निवासी रत्न कुलाललाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।
महायज्ञ परिसरमा मंगलध्वनीसहित आयोजित कार्यक्रममा सम्मानित पनेरु र कुलाललाई महायज्ञका प्रमुख व्यवस्थापक तथा प्रमुख कथावाचक पण्डित ईश्वर रेग्मी र ठुलीभेरी नगरपालिकाका नगरप्रमुख सुवर्ण बुढाले सम्मानपत्र हस्तान्तरण गरेका थिए।

यसैगरी महायज्ञमा दानस्वरुप ५ हजार १५५रुपियाँ सहयाेग गर्ने तातोपानी गाउँपालिका-४ हांकु जुम्लाका भानुभक्त उपाध्यायलाई समेतप्रमाणपत्र सहित सम्मान गरिएकाे थियाे।
मन्दिरको भौतिक पूर्वाधार विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा सर्वाङ्गीण विकासका लागि आयोजना गरिएको महायज्ञमा दाताहरूले गरेको आर्थिक सहयोगको कदरस्वरूप योगदानअनुसार सम्मान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
महायज्ञ आयोजकले धार्मिक तथा सामाजिक अभियानमा सहयोग गर्ने दाताहरूलाई सम्मान गर्दै अन्य श्रद्धालु तथा शुभेच्छुकलाई समेत आफ्नो क्षमताअनुसार सहयोग र सहभागिता जनाउन आह्वान गरेको छ।महायज्ञमा सम्मान कार्यक्रममा ठुलिभेरी नगरपालिका -८ का वडाअध्यक्ष मनराम ठकुल्ला लगायतका विशिष्ट ब्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया