ताजा समाचार

उपल्लाे डाेल्पामा बिरामी परेका तथ्यांक संकलक कर्मचारीको हेलिकप्टरमार्फत उद्धार 

विष्णुप्रसाद देवकोटा 

डोल्पा — डोल्पामा तथ्यांक संकलनका क्रममा बिरामी परेका एक कर्मचारीको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ। उनको अवस्था हाल सामान्य रहेको जनाइएको छ।

रो–फोक्सुण्डो गाउँपालिकामा खटिएका गणक कमल डाँगी अचानक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालय, डोल्पाले उद्धारका लागि पहल गरेको थियो। सोही अनुसार उनलाई हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत पुर्‍याइएको हो।सथलगत तथ्यांक संकलनकाे लागि

नेपाल श्रमशक्ति  सर्वेक्षण  २०८२/८३ अन्तर्गत राष्ट्रिय तथ्यांक कार्यालय, थापाथली काठमाडौंको टोलीसँग कार्यरत डाँगी दुर्गम क्षेत्रमा कार्यरत रहेका बेला बिरामी परेका थिए। स्थलमार्गबाट तत्काल उपचार सम्भव नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरी नायव उपरीक्षक डिएसपी रुकबहादुर खड्काले  जानकारी दिए।

उक्त टोलीमा सुपरीवेक्षक किरण मल्लसहित गणकहरू कमल डाँगी, लक्ष्मी कुमारी न्यौपाने र विराट डिसी खटिएका थिए।यसैगरी जाजरकोट नलगाड छेप्कामा ग्यास सिलिन्डर आगलागीमा परी जलन भएका  माया जैशी, उनका २२ वर्षीय छोरा गणेश गौतम र ३७ वर्षीया रुपा जैसीलाई उपचारकाे लागि नेपालगन्ज लगिएकाे छ ।उनिहरुलाई पनि नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरिएकाे हाे ।

तपाईको प्रतिक्रिया