ताजा समाचार

डोल्पामा पशु सेवा व्यवसायीहरूको प्रदेशस्तरीय समन्वय गोष्ठी सम्पन्न

विष्णुप्रसाद देवकोटा

स्थानीय तहका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरूबीचकाे समन्वय कार्याशाला सम्पन्न भएकाे छ ।व्यसायीहरुलाई अभिवृद्धि तथा ऐन–नियम कार्यान्वयनबारे केन्द्रित एकदिने प्रदेशस्तरीय कार्यक्रम डोल्पाको दुनैस्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयमा सम्पन्न भएको हाे।

पशु स्वास्थ्य तथा पशुसेवा परिषद्को आयोजनामा सम्पन्न कार्यक्रममा परिषद्का रजिस्ट्रार जनक रावल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा डा. साजन रोकाया विशेष अतिथिका रूपमा उपस्थित थिए भने कार्यक्रमको अध्यक्षता  पशु स्वास्थ्य तथा पशुसेवा परिषद् सदस्य   चिरञ्जीवी उपाध्यायले गरेका थिए।

कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित ३५ जना भन्दा बढी प्राविधिक जनशक्तिको सहभागिता रहेको कार्यक्रममा पशु स्वास्थ्य तथा पशुसेवा परिषद्को भूमिका, काम–कर्तव्य तथा पशुपन्छी व्यवसायसँग सम्बन्धित प्राविधिकहरूले पालना गर्नुपर्ने आचारसंहिताबारे विस्तृत छलफल गरिएको डाक्टर साजन राेकायाले जानकारी दिए।

विशेष अतिथिकाे रुपमा रहेका डा. रोकायाले डोल्पा जिल्लामा पशुपन्छी सेवा, पशु स्वास्थ्य व्यवस्थापन तथा प्राविधिक अभ्याससँग सम्बन्धित विभिन्न पक्षबारे जानकारी गराउँदै स्थानीय स्तरमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन समन्वय र नियम कार्यान्वयन आवश्यक रहेको बताए।

प्रदेशस्तरीय समन्वय र पेशागत आचारसंहिताबारे केन्द्रित उक्त कार्यक्रमले स्थानीय तहमा कार्यरत प्राविधिकहरूलाई कानुनी व्यवस्था, पेशागत जिम्मेवारी र सेवा प्रणालीबारे थप स्पष्टता दिएको सहभागीहरूले बताएका थिए ।

तपाईको प्रतिक्रिया