ताजा समाचार

चोरी शिकार राेकथाम र  नियन्त्रण गर्न समुदायलाई जनचेतना कार्यक्रम  

डोल्पा ।त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्रकाे वनक्षेत्रमा अबैध चाेरि सिकारी नियन्त्रणकाे लागि समुदायलाई जनचेतनामूलक कार्यक्रम गरिएकाे छ । समुदायमा आधारित चोरी शिकार नियन्त्रणका लागि युवाहरूलाई सक्रिय बनाउने उद्देश्यसहित “CBAPU २०८३” कार्यक्रम सञ्चालन गरिएको छ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको आयोजनामा तथा डब्लुडब्लुएफ नेपालको सहयोगमा कार्यक्रम गरिएको हो।कार्यक्रम त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरासुन्दरी महिला सामुदायिक भवनकाे सभाहलमा गरिएको थियाे।स्थानीय युवालाई चोरी शिकार नियन्त्रण, जैविक विविधता संरक्षण र निकुञ्ज व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न गराउने लक्ष्य सहित कार्यक्रम गरिएकाे शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जका सिनियर गेमस्काउट नेत्र बाेहराले बताए।

निकुञ्ज कार्यालय सुलिगाड, डोल्पाका सिनियर गेमस्काउट वसन्त हमाल सिनियर गेमस्काउट जमुना भण्डारी र गेमस्काउट शिशिर शाहीले समुदायमा आधारित चोरी शिकार नियन्त्रणका लागि युवाहरूलाई शे ,फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जकाे ऐतिहासिकता अहिलेकाे अवस्था लगायत आगामी दिनमा प्रकृति संरक्षण र सम्वर्दनका समुदायले खेल्नु पर्ने भुमिकाका बारे प्रकाश परेका थिए ।

चाेरी सिकार   समुदाय–प्रहरी–निकुञ्ज सहकार्यलाई बलियो बनाउँदै अवैध शिकार नियन्त्रण, वन्यजन्तु संरक्षण र जनचेतना अभिवृद्धिमा यस्ताखाले कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने सहभागीले बताए।

युवाहरूलाई तालिम, निगरानी र सचेतना अभियानमार्फत जिम्मेवार बनाइ स्थानीय स्तरमै संरक्षणको वातावरण सुदृढ गर्नु पर्नेमा सहभागीले जाेड दिए ।कार्यक्रममा त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति पदाधिकारी विभिन्न समुहमा आवद्ध दिदिबहिनीहरुकाे सहभागीता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया