ताजा समाचार

शे–फोक्सुण्डो गाउँपालिकामा QR कोडमार्फत सिधै गुनासो तथा सुझाव टिपाउन सकिने

विष्णुप्रसाद देवकोटा

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले आफ्नो दैनिक कार्यसम्पादन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी र पारदर्शी बनाउन गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाले नागरिकहरूलाई सेवा प्रवाहसम्बन्धी अनुभव, सम्भावित बेथिति वा विसंगतिबारे आफ्ना गुनासा तथा सुझावहरू सहज रूपमा पेश गर्न आग्रह गरेको छ। यसका लागि गाउँपालिकाले विशेष QR कोडको व्यवस्था गरेको छ, जसलाई स्क्यान गरी सेवाग्राहीले सिधै गुनासो व्यवस्थापन प्रणालीमार्फत आफ्नो धारणा राख्न सक्नेछन्।

गाउँपालिकाका अनुसार प्राप्त हुने गुनासा तथा सुझावहरूलाई प्राथमिकताका साथ छिटो र प्रभावकारी रूपमा सम्बोधन गरिनेछ। यस पहलले सेवा

तपाईको प्रतिक्रिया