डोल्पा, चैत २५
नेकपा एमाले डोल्पाको जिल्ला कमिटी बैठकले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
२०८२ चैत २५ गते बसेको बैठकले पार्टीको केन्द्रीय सचिवालयको छैटौं बैठकको निर्देशनअनुसार चैत २८ गते पालिका स्तरमा र वैशाख ३ गते वडा स्तरमा प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठकले ओलीलाई पूर्वाग्रही ढंगले पक्राउ गरिएको भन्दै बिना शर्त रिहाइको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष लंकबहादुर रोकायाले जानकारी दिए।
बैठकमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठनका प्रतिनिधि, पालिका तथा वडा स्तरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।जिल्ला अध्यक्ष रोकायाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।
ओलीको गिरफ्तारीविरुद्ध एमाले डोल्पाद्वारा आन्दोलन घोषणा
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २५ चैत्र २०८२, बुधबार १९:४६