खानेपानी सरसफाइ तथा सवच्छता याेजनाकाे समिक्षात्मक कार्यशाला सम्पन्न 

विष्णुप्रसाद देवकोटा

त्रिपुरासुन्दरी नगरपालिकाका संचालित खानेपानी सरसफाइ तथा स्वच्छता याेजनाकाे समिक्षात्मक कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ ।

नगरपालिकामा संचालित कार्यक्रमकाे प्रभावकारीता र आगामी आर्थिक बर्षमा संचालन हुने कार्यक्रमकाे प्राथमिककरणमा सराेकारवालासंगकाे छलफलवाट याेजना तर्जुमा गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएकाे खानेपानी सरसफाइ तथा स्वच्छता याेजना त्रिपुरासुन्दरीले जनाएकाे छ ।

कार्यक्रमकाे आबश्यक्ता महत्व र यसकाे भुमिकाका बारेमा प्रकाश पार्दै खानेपानी सरसफाइ तथा स्वच्छता याेजना ( सुस्वा) डाेल्पाका सल्लाहकार प्रमाेदलाल श्रेष्ठले पालिकाहरुमा खानेपानी र सरसफाइकाे बर्तमन अवस्था गर्नु पर्ने कामकाे प्रभावकारीताकाे लागि कार्यालयवाटै जानकारी लिन मिल्ने गरि माेवाइल एप्पस समेत ल्याएकाे जानकारी दिनु भयाे ।

२०३० सम्ममा सुरक्षित स्वच्छ खानेपानीको पहुँच पुर्याउने संयुक्त राष्ट्रसंघकाे लक्ष्य अनुरुप काम भईरहेकाे उल्लेख गर्दै उच्च प्राथमिकता पिहलाे प्राथमिकता र कम प्राथमिकताकाे आधारमा याेजना निर्माण  र छनाैट गरि कार्यान्वयनमा ल्याईने गरिएकाे र घर समुदाय लगायत संस्थागत पालिकाकाे खानेपानी सरसफाइकाे अवस्था गर्नु पर्ने काम र भइरहेकाे कामकाे ताजा विपरण समेत माेवाइल एप्सबाट जानकारी प्राप्त गर्न सकिने सल्लाहकार श्रेष्ठको भनाई थियाे ।

नगरप्रमुख जनचन्द्र राेकायाले नयाँ काम गर्दा सुरुवातीकाे समयमा सबै कुराकाे जानकारी नभएकाले काम गर्ने तरिका पार्दरशिता र बजेट कार्यन्वयनकाे अवस्था हेर्दा प्रभावकारी देखिएकाेले सुस्वा परियाेजनालाई पांच बर्षसम्मलाई निरन्तरता दिने नगरसभाबाट निर्णय भएकाे बताउनु भयाे ।

पांच बर्षकाे अवधिमा सुस्वा परियाेजनालाई नगरपालिकाकाे तर्फवाट आबश्यक सहयाेग रहने प्रतिवद्दता ब्यक्त समेत नगरप्राुख राेकायाले गरेकोले गर्नु भयाे ।

समिक्षात्मक तथा याेजना प्राथमिककरण कार्यशाला गाेष्ठीमा नगरउपप्रमुख देवि घर्ती नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धराला वडाअध्यक्ष कार्यपालिका सदस्य राजनीतिक दलका प्रतिनिधि नागरिक समाज सुरक्षाकर्मी  र संचारकर्मीकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।

त्रिपुरासुन्दरी नगरपालिकाकाे आयाेजनामा संचालित एक दिने कार्यशालामा अदृय ईन्जिनियरिङ  कन्सल्टेन्सी  एण्ड सप्लार्यस धापाखेल २३ ललितपुरकाे प्राविधिक सहयाेगमा  वास (  सुस्वा परियाेजना)का संयाेजक धनप्रसाद बुढाले कार्यक्रम संचालन तथा सहजिकरण गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!